गृहपृष्ठ ∕ समाचार ∕ नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य देवकोटाद्वारा तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य देवकोटाद्वारा तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग दीप संञ्चार जेठ २९, २०७७ गते २०:३० मा प्रकाशित काठमाण्डौ – नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटाले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग गरेकी छिन्।राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विनियोजित बजेटको सैद्धान्तिक बहसमा सहभागी हुँदै नेतृ देवकोटाले आरडिटी परीक्षण विश्वासिलो नभएकाले तत्काल पिसिआर परीक्षणका दायरा बढाउन माग गरेकी हुन्। सरकारले पछिल्लो ३ महिनामा १० अर्ब रूपैयाँ खर्च गरेपनि राहत, उद्धार र उपचारको काम परिणाममुखी हुन नसकेको उनले बताइन्।‘क्वारेन्टाइनमा स्वस्थ्य मान्छे बस्यो भने बिरामी हुने अवस्था छ, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्था हुन सकेको छैन, सरकारको ध्यान त्यतातर्फ जानै सकेको छैन,’ देवकोटाले भनिन्। सिप र ज्ञान सिकेर आएका नेपाली नागरिकहरूको व्यवस्थापन गर्नका लागि बजेटमा गरिएको व्यवस्था अपर्याप्त रहेको नेतृ देवकोटाको धारणा छ।निम्न वर्गका नागरिकलाई निरूत्साहित गरेर उच्च वर्गलाई प्रोत्साहित गर्ने किसिमले बजेट आएको टिप्पणी गर्दै देवकोटाले यसबाट श्रमिक, किसान र आधारभूत तहका नागरिकलाई आहत पुगेको बताइन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्युदैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्योपहुँचका भरमा जहाजको टिकट वितरणस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्ने धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत