गृहपृष्ठ ∕ समाचार ∕ पोर्चुगलमा कोरोनाभाइरस : संक्रमित बढे, नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै पोर्चुगलमा कोरोनाभाइरस : संक्रमित बढे, नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै गणेश पाण्डे जेठ २९, २०७७ गते १९:३५ मा प्रकाशित लिस्बन – पोर्चुगलमा कोरोना रोकथामको लागि सरकारद्वारा लगाईएको संकटकाल २ मे’मा हटेपछि जनजीवन सामान्य बनाउन चरणबद्ध रुपममा लकडाउन खुकुलो पार्दै लगियो।संकटकालको अन्त्य र लकडाउन खुलुको भएसंगै शुरुवातीका दिनमा नयाँ संक्रमतिहरु र मृतकहरुको संख्या घटेतापनि पछिल्लो चरणमा नयाँ संक्रमितहरुको संख्यामा ह्वात्तै वृद्धि भएको छ। अघिल्लो सातासम्म नयाँ संक्रमितहरुको ७० प्रतिशत बिरामी लिस्बनमा थिए भने यो साता नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै रहेका छन्।पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा ३५ हजार ६०० जना कोरोना संक्रमित रहेका छन्। कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या १ हजार ४९७ पुगेको छ। उपचार पश्चात निको हुनेको संख्या २१ हजार ७४२ रहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा ४०३ ले बढी हो। अघिल्लो दिन मात्रै कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएका छन्। जसमध्ये ४ जनाको मृत्यु लिस्बनमा मात्रै भएको छ।त्यस्तै सोहि समयमा २९४ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। नयाँ संक्रमितहरुमध्ये ९२ प्रतिशत बिरामी लिस्बनमा मात्रै रहेका छन्। कोरोनाका लक्षणहरु देखापरेका थप १ हजार ७२४ को स्वास्थ्य परिक्षण भईसकेको र नतिजाको पर्खाइमा रहेका छन्। संक्रमितहरुमध्ये ४१७ जनाको अस्पतालमा उपचार भईरहेको छ, जसमध्ये ७० जना सघन कक्षमा उपचारत छन्। जिएननक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट