गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए माल्टा प्रकरण : छानबिन समितिद्वारा केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश एनआरएनए माल्टा प्रकरण : छानबिन समितिद्वारा केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश दीप संञ्चार जेठ २९, २०७७ गते ९:४३ मा प्रकाशित लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका पदाधिकारीमाथि लागेको आरोपको छानबिनको अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रलाई दिइएको ।उक्त आरोपको बारेमा सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्न गत मे ९ मा गठित पाँच सदस्यीय समितिले आफ्नो २० पृष्ठ लामो प्रतिवेदन मंगलवार संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्मा समक्ष पेश गरेको छ । उक्त छानबिन समितिमा युरोप संयोजक नारायण आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा रहेका थिए ।गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार छानविन समितिको १ घण्टा लामो बैठकले सर्वसम्मतबाट सो प्रतिवेदन पास गरेको थियो । सो प्रतिवेदनमा पदाधिकारीहरुसँग लिइएको भिडियो अन्तर्वार्ता समेत संलग्न गरिएको छ । प्रतिवेदनको बारेमा छानबिन समितिका सदस्य एवं युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले भने, हाम्रो काम को दोषी को निर्दोष भन्ने पत्ता लाउने भन्दा पनि सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्नु हो, हामी पाँच जनाको टिमको संयुक्त प्रयासमा निकै ठूलो मिहिनेतका साथ प्रतिवेदन पेश गरेका छौं, यसको अध्ययन गरी केन्द्रले अन्तिम निर्णय गर्नेमा विश्वस्त छौं।’ माल्टामा श्रमिकहरु ल्याउन त्यहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा पाँच सदस्यीय विशेष समिति गठन गरिएको थियो ।उनीहरुले श्रमिकहरुलाई ल्याएको स्वीकार गरेपनि व्यावसायिक रुपमा नल्याई आफन्तहरुलाई ल्याएको बताउँदै आएका छन् । छानबिन समितिलाई काम काम गर्न सहज होस् भन्ने उद्देश्यले नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले संयुक्त रुपमा राजीनामा समेत दिइसकेका छन् । यद्धपि उनीहरुको राजीनामा स्वीकृति भएको आधिकारिक पुष्टि भने आएको छैन । सम्पूर्ण कार्यसमितिद्वारा नै राजीनामा गरिएको गैर आवासीय नेपाली संघको इतिहासमै सम्भवत: यो नै पहिलो घटना हुन सक्छ । छानबिन समितिमा सदस्य तथा आइसीसी सदस्य सिम्खडाले यो प्रकरणमा सिंगो कार्यसमितलाई नै मुछिएको अवस्थामा छानविनका क्रममा केही पदाधिकारी निश्कलंकित र स्वच्छ छबि भएको पनि पाइएकाे बताउँदै सबैलाई एउटै नजरले नहेर्न र त्यसरी प्रचार नगरिदन समेत अनुरोध गरे ।विस्तृत कुरा केन्द्रको निर्णयपछि मात्र सार्वजनिक गरिने हुँदा प्रतिवेदनले औँल्याएको र सिफारिस गरेको कुरा ब्यक्त गर्न ईन्कार गर्दै यो रिपोर्टले एनआरएनको वर्तमान नेतृत्वले अंगीकार गरेको यस्ता संगीन आरोपमा शून्य शहनशीलताको अवधारणाको कार्यान्वयनको प्रस्थान बिन्दु भएको पनि सिम्खडाले बताए । उनीहरुको राजीनामा र छानविन समितिको प्रतिवेदनको बारेमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारिणी सचिवालय (आईईएस) को आगामी हाप्ता बस्ने बैठकले निर्णय गर्नेछ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामनाएम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्युदैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्योपहुँचका भरमा जहाजको टिकट वितरण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा