गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए माल्टा प्रकरण : छानबिन समितिद्वारा केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश एनआरएनए माल्टा प्रकरण : छानबिन समितिद्वारा केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश दीप संञ्चार जेठ २९, २०७७ गते ९:४३ मा प्रकाशित लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका पदाधिकारीमाथि लागेको आरोपको छानबिनको अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रलाई दिइएको ।उक्त आरोपको बारेमा सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्न गत मे ९ मा गठित पाँच सदस्यीय समितिले आफ्नो २० पृष्ठ लामो प्रतिवेदन मंगलवार संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्मा समक्ष पेश गरेको छ । उक्त छानबिन समितिमा युरोप संयोजक नारायण आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा रहेका थिए ।गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार छानविन समितिको १ घण्टा लामो बैठकले सर्वसम्मतबाट सो प्रतिवेदन पास गरेको थियो । सो प्रतिवेदनमा पदाधिकारीहरुसँग लिइएको भिडियो अन्तर्वार्ता समेत संलग्न गरिएको छ । प्रतिवेदनको बारेमा छानबिन समितिका सदस्य एवं युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले भने, हाम्रो काम को दोषी को निर्दोष भन्ने पत्ता लाउने भन्दा पनि सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेश गर्नु हो, हामी पाँच जनाको टिमको संयुक्त प्रयासमा निकै ठूलो मिहिनेतका साथ प्रतिवेदन पेश गरेका छौं, यसको अध्ययन गरी केन्द्रले अन्तिम निर्णय गर्नेमा विश्वस्त छौं।’ माल्टामा श्रमिकहरु ल्याउन त्यहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा पाँच सदस्यीय विशेष समिति गठन गरिएको थियो ।उनीहरुले श्रमिकहरुलाई ल्याएको स्वीकार गरेपनि व्यावसायिक रुपमा नल्याई आफन्तहरुलाई ल्याएको बताउँदै आएका छन् । छानबिन समितिलाई काम काम गर्न सहज होस् भन्ने उद्देश्यले नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले संयुक्त रुपमा राजीनामा समेत दिइसकेका छन् । यद्धपि उनीहरुको राजीनामा स्वीकृति भएको आधिकारिक पुष्टि भने आएको छैन । सम्पूर्ण कार्यसमितिद्वारा नै राजीनामा गरिएको गैर आवासीय नेपाली संघको इतिहासमै सम्भवत: यो नै पहिलो घटना हुन सक्छ । छानबिन समितिमा सदस्य तथा आइसीसी सदस्य सिम्खडाले यो प्रकरणमा सिंगो कार्यसमितलाई नै मुछिएको अवस्थामा छानविनका क्रममा केही पदाधिकारी निश्कलंकित र स्वच्छ छबि भएको पनि पाइएकाे बताउँदै सबैलाई एउटै नजरले नहेर्न र त्यसरी प्रचार नगरिदन समेत अनुरोध गरे ।विस्तृत कुरा केन्द्रको निर्णयपछि मात्र सार्वजनिक गरिने हुँदा प्रतिवेदनले औँल्याएको र सिफारिस गरेको कुरा ब्यक्त गर्न ईन्कार गर्दै यो रिपोर्टले एनआरएनको वर्तमान नेतृत्वले अंगीकार गरेको यस्ता संगीन आरोपमा शून्य शहनशीलताको अवधारणाको कार्यान्वयनको प्रस्थान बिन्दु भएको पनि सिम्खडाले बताए । उनीहरुको राजीनामा र छानविन समितिको प्रतिवेदनको बारेमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारिणी सचिवालय (आईईएस) को आगामी हाप्ता बस्ने बैठकले निर्णय गर्नेछ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट