Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित

यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित


काठमाण्डौ – यस वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित झै भएको छ । यस सम्बन्धी प्रस्ताव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले चलिरहेको मन्त्रीपरिषदमा पेश गरेका छन् ।

उच्च स्रोतका अनुसार उनको प्रस्तावअनुसारकै निर्णय हुने प्रवल संभावना छ ।

शिक्षामन्त्री पोखरेलले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन जारी राख्नुपर्ने र तत्काल विद्यालय खोल्ने अवस्था नभएकोले एसइई परीक्षा नगरी विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनुपर्ने प्रस्ताव लगेका हुन् ।

सरकारले यही तयारी गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधनका क्रममा एसइई परीक्षाको विषयमा समेत आजै निर्णय हुने घोषणा गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस