गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले गरे इच्छा जाहेर बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले गरे इच्छा जाहेर दीप संञ्चार जेठ २६, २०७७ गते २१:२० मा प्रकाशित लण्डन – बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले इच्छा जाहेर गरेका छन् । उनीहरुको नामावली आज दुताबासले परराष्ट्र मन्त्रालयलाई पठाएको दुताबासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।यसरी नाम दिनेहरुमा १५४ जना भिसा समाप्त भई लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुनेहरु छन् । यस्तै ९६ जना रोजगारी गुमाई बिचल्लीमा परेका छन् । दुताबासका अनुसार अध्ययनका लागि बेलायत आई अध्ययन पूरा गर्न नसकेका र अध्ययन पूरा गरी रोजगारी नपाएका ५० जनाले नेपाल फर्कन इच्छा जाहेर गरेका छन् ।यसैगरी, तालिमका लागि बेलायत आएका पाँच जना नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरु पनि सो सूचीमा छन् । साथै, परीक्षा र तालिममा बेलायत आएका २१ जना चिकित्सक पनि नेपाल फर्कनेहरुको पंक्तिमा छन् । पारिवारिक तथा अन्य कारणले नेपाल फर्कन चाहनेहरुको संख्या ६५ रहेको छ ।यसैगरी बेलायतका ३९१ जनाबाहेक माल्टामा रोजगारी गुमाएका ५ जना र केमन आइल्याण्डमा बेरोजगार भएका ५६ जनालाई पनि तत्काल नेपाल फर्काइनुपर्नेको सूचीमा राखिएको छ । – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन