गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले गरे इच्छा जाहेर बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले गरे इच्छा जाहेर दीप संञ्चार जेठ २६, २०७७ गते २१:२० मा प्रकाशित लण्डन – बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले इच्छा जाहेर गरेका छन् । उनीहरुको नामावली आज दुताबासले परराष्ट्र मन्त्रालयलाई पठाएको दुताबासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।यसरी नाम दिनेहरुमा १५४ जना भिसा समाप्त भई लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुनेहरु छन् । यस्तै ९६ जना रोजगारी गुमाई बिचल्लीमा परेका छन् । दुताबासका अनुसार अध्ययनका लागि बेलायत आई अध्ययन पूरा गर्न नसकेका र अध्ययन पूरा गरी रोजगारी नपाएका ५० जनाले नेपाल फर्कन इच्छा जाहेर गरेका छन् ।यसैगरी, तालिमका लागि बेलायत आएका पाँच जना नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरु पनि सो सूचीमा छन् । साथै, परीक्षा र तालिममा बेलायत आएका २१ जना चिकित्सक पनि नेपाल फर्कनेहरुको पंक्तिमा छन् । पारिवारिक तथा अन्य कारणले नेपाल फर्कन चाहनेहरुको संख्या ६५ रहेको छ ।यसैगरी बेलायतका ३९१ जनाबाहेक माल्टामा रोजगारी गुमाएका ५ जना र केमन आइल्याण्डमा बेरोजगार भएका ५६ जनालाई पनि तत्काल नेपाल फर्काइनुपर्नेको सूचीमा राखिएको छ । – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप