गृहपृष्ठ ∕ समाचार ∕ जसपाले टुंग्यायाे तिन अध्यक्ष रहने गरि पदाधिकारीकाे नाम जसपाले टुंग्यायाे तिन अध्यक्ष रहने गरि पदाधिकारीकाे नाम दीप संञ्चार जेठ २५, २०७७ गते ५:०८ मा प्रकाशित काठमाडाैँ – राष्ट्रिय जनता पार्टीृ र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ अध्यक्षसहित ५ पदाधिकारी रहने निर्णय भएको छ । राष्ट्रिय जनता पार्टीवाट महन्थ ठाकुर र समाजवादी पार्टीवाट अध्यक्षमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ । जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्नाप्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादित बनेको पोखरेलको आरोपफागुन ७ गतेबाट विमानको टिकटको प्रिन्टेड कपि देखाउनु पर्ने२४ घण्टामा ६८० संक्रमित थपिए, २ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादित बनेको पोखरेलको आरोप फागुन ७ गतेबाट विमानको टिकटको प्रिन्टेड कपि देखाउनु पर्ने विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को बाहिरिए ? २४ घण्टामा ६८० संक्रमित थपिए, २ जनाको मृत्यु पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन कुटपिटबाट युवकको मृत्यु बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ