गृहपृष्ठ ∕ समाचार ∕ जसपाले टुंग्यायाे तिन अध्यक्ष रहने गरि पदाधिकारीकाे नाम जसपाले टुंग्यायाे तिन अध्यक्ष रहने गरि पदाधिकारीकाे नाम दीप संञ्चार जेठ २५, २०७७ गते ५:०८ मा प्रकाशित काठमाडाैँ – राष्ट्रिय जनता पार्टीृ र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ अध्यक्षसहित ५ पदाधिकारी रहने निर्णय भएको छ । राष्ट्रिय जनता पार्टीवाट महन्थ ठाकुर र समाजवादी पार्टीवाट अध्यक्षमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ । जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट