गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार दीप संञ्चार जेठ २४, २०७७ गते २१:०५ मा प्रकाशित काठमाडौं : शनिबार बसेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा सरकारले लकडाउनकै बीचमा आर्थिक गतिविधिलाई सुचारु सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल गरेको छ।प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको हो ।लकडाउन लम्बिदै जाँदा आर्थिक क्रियाकलापसमेत ठप्प भएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी अनुसार चरणवद्ध रुपमा आर्थिक क्रियाकलाप सञ्चालनका लागि सरकारले सहजिकरण गर्नेगरी छलफल अगाडि बढाएको सचिव विडारीको भनाइ छ। तर आर्थिक क्रियाकलाप सञ्चालन गर्ने विषयमा तयार भएको मस्यौदामा छलफल भए पनि निर्णय भइनसकेको सचिव विडारीको भनाइ छ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णयप्रति केही व्यवसायी आक्रोशित बनेर उद्योग खोल्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी स्वरुप छलफल थालेको हो। प्रधानमन्त्री केपी ओलीले अघिल्लो मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटिबारे स्पष्ट खाका ल्याउन उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेललाई निर्देशन दिएका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीनराष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय…सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन बेलायतको सुपरयाटमा आगलागी प्रधानमन्त्री देउवा : गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो बायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प