Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं, पोखरा तथा चितवनमा आफ्नै खर्चमा बस्न सकिने होटल क्वारेन्टिन (विवरणसहित)

काठमाडौं, पोखरा तथा चितवनमा आफ्नै खर्चमा बस्न सकिने होटल क्वारेन्टिन (विवरणसहित)


काठमाडौं – सरकारले होटलमा आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नेहरुका लागि होटलको विवरण सार्वजनिक गरेको छ । विदेशबाट आएर तोकिएको मापदण्ड अनुसार १४ दिन होटल क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि सरकारले काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलको विवरण सार्वजनिक गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पोखरा र चितवनका केही बाहेक अधिकांश काठमाडौंका होटलको बेड क्षमतासहितको विवरण सार्वजनिक गरेका हो ।

ग्रान्ड होटलमा ७० कोठा, एयरपोर्ट होटलमा ५०, होटल बैशालीमा ८५, सुमित रेसिडेन्सीमा ५० कोठा, होटल मस्याङ्दीमा ७०, प्लाटिनम होटलमा ४० कोठा, होटल मनाङमा  ५० कोठा, होटल ल्यान्डमार्क पोखरामा ९० कोठा, होटल मुनलाइटमा ६९ कोठा, होटज सवरिनामा ३५,  होटल ल्यान्डमार्क काठमाडौमा ४५ कोठा, होटल कमलमा १५, पार्क भिलेज रिसोर्टमा ५० कोठा उपलब्ध छन् ।

यस्तै होटल क्राउन प्लाजामा ३३, होटल प्रिन्स प्लाजामा २०, होटल शिबराम प्लाजामा ३५, होटल गणेश हिमालमा ३०, होटल थोरङपिकमा २२, लाफा होटलमा २०, होटल रिडर्समा ५०, होटल एभरेष्ट माउन्ट होलिडेमा १२, होटल मिराज लर्डस् इनमा ४५ कोठा,  होटल याम्बुमा ३५, होटल फेमेली होममा १९, शिव शंकर होटलमा १५, होटल रिभरमा १८, काठमाडौं सिटी होटलमा १२, लेन्डमार्क फरेष्ट पार्क चितवनमा ६५, लोटस बुद्ध इनले २०, होटल भ्यु भक्तपुरमा २५, आर्य तारामा ४१, होटल कैलासमा २५, होम ओसो होममा १८, उडल्यान्डले ३०, होटल एक्सेस नेपालमा ३१ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

पिलग्रिम्स होममा ५५, आमदाबलम होटलमा ६३, व्युटिफुल काठमाडौं होटलमा २०, च्वाइस होटलमा १७, होटल नेपालयमा ३८, शिव तिरुपतिमा  ३८, होटल भ्यु भ्रिकुटीमा ९१, होटल क्यासस्क्याडमा १७, ड्रिमल्यान्ड होटलमा ५० तथा स्विस इन्टरनेशनलमा ५० कोठा, सीजी ग्रुप अफ होटलमा ११० कोठा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस