गृहपृष्ठ ∕ समाचार ∕ युएईमा अलपत्र परेका १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे युएईमा अलपत्र परेका १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे दीप संञ्चार जेठ २३, २०७७ गते १९:४९ मा प्रकाशित काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)बाट एक जना शिशु सहित १ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरिएपछि युएईमै रोकिएका उनीहरुलाई एयर अरेबियाको जहाजबाट शुक्रबार साँझ काठमाडौं ल्याइएको हो । उक्त जहाजमा एक नेपालीको शव पनि ल्याइएको छ ।नेपाल आइपुगेकाहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा आवद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरु रहेका छन् । १ सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना रहेका छन् । बाँकी अन्य कम्पनीमा काम गर्ने नेपालीहरु हुन् भने नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा उनीहरुलाई राखिने छ ।विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि समान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ ।शुक्रबार विहान म्यानमारमा रोकिएर रहेका २६ जना नेपालीलाई म्यानमार एयरर्फोर्सको विमान मार्फत काडमाडौं ल्याइएको थियो । म्यानमारबाट आएकाहरुलाई बसुन्धारस्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !