गृहपृष्ठ ∕ समाचार ∕ युएईमा अलपत्र परेका १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे युएईमा अलपत्र परेका १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे दीप संञ्चार जेठ २३, २०७७ गते १९:४९ मा प्रकाशित काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)बाट एक जना शिशु सहित १ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरिएपछि युएईमै रोकिएका उनीहरुलाई एयर अरेबियाको जहाजबाट शुक्रबार साँझ काठमाडौं ल्याइएको हो । उक्त जहाजमा एक नेपालीको शव पनि ल्याइएको छ ।नेपाल आइपुगेकाहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा आवद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरु रहेका छन् । १ सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना रहेका छन् । बाँकी अन्य कम्पनीमा काम गर्ने नेपालीहरु हुन् भने नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा उनीहरुलाई राखिने छ ।विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि समान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ ।शुक्रबार विहान म्यानमारमा रोकिएर रहेका २६ जना नेपालीलाई म्यानमार एयरर्फोर्सको विमान मार्फत काडमाडौं ल्याइएको थियो । म्यानमारबाट आएकाहरुलाई बसुन्धारस्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल