गृहपृष्ठ ∕ समाचार ∕ आज दिनभर झरी, भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने आज दिनभर झरी, भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने दीप संञ्चार जेठ २४, २०७७ गते ८:४० मा प्रकाशित दाङ – काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने छ भने भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् ।अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ ।हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ ।काठमाडौं उपत्यकामा आज बिहानैदेखि लगातार झरी परिरहेको छ । मौसमविद मिन कुमार अर्यालले भने ‘काठमाडौं उपत्यकामा दिउँसो पानी पर्न केहीबेर रोकिए पनि आकास भने खुल्दैन, राति फेरि पानी पर्छ,’ ।अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको अप्रत्यक्ष असर नेपालमा परेको । त्यो अहिले कमजोर भइसके पनि निम्न चापिय प्रणालीको असर बाँकी नै छ । निम्न चापिय प्रणाली अहिले पूर्वतिर सर्दै गएको छ । त्यसैले मौसमविद वरुण पौडेलका अनुसार प्रदेश २ र १ मा बेलुकासम्म पनि लगातार झरी पर्ने छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप