गृहपृष्ठ ∕ समाचार ∕ राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरियआइसोलेसन,जेष्ठ २८ देखि विरामी राखिने राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरियआइसोलेसन,जेष्ठ २८ देखि विरामी राखिने प्रिया स्मृती गजमेर जेठ २३, २०७७ गते २०:५१ मा प्रकाशित दाङ – देउखुरीको राप्ती गाउँपालिकामा स्थापना गरिएको देउखुरी स्तरीय देउखुरी काेराेना अाइसुलेसन सेन्टरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आज शुक्रबार बृहत छलफल भएको छ ।प्रदेश नम्बर ५ का सांसद इन्द्रजित थारू, प्रदेशसभा सदस्य प्रदेश नं. ५ का कानुन समिति सभापति दामा शर्मा, देउखुरीका चारवटा पालिका प्रमुख, नेपाली सेना र स्वास्थ्यकर्मी विच देउखुरी काेराेना अाइसाेलेसन सेन्टरलाई व्यवस्थापन गर्ने बारे राप्ती गाउँपालिकाका अध्यक्ष नुमान्नद सुबेदिकाे संयाेजकत्वमा सात सदस्यीय र दुई सल्लाहकार सहित तदर्थ समिति गठन गरेकाे छ ।समितिले राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरिय काेराेना विशेष अाइसाेलेशन सेन्टर एकसय बेड निर्माणका लागि तत्काल देउखुरीका चारवटा पालिकाले एक हप्ता भित्र पहिलो पटकका लागि पन्ध्र लाख काेषमा जम्मा गर्ने निर्णय समेत गरेको छ । यस्तै शुक्रबार समितिले देउखुरीमा स्थापना हुन लागेको काेराेना अाइसाेलेशन केन्द्रकाे नाम काेराेना विशेष देउखुरी अाइसाेलेशन सेन्टर माैरीघाट राखेको राप्ती गाउँपालिकाका अध्यक्ष तथा संयाेजक नुमानन्द सुबेदीले बताए ।राप्ती गाउँपालिकाबाट अाइसाेलेशन केन्द्रकाे स्थलगत निरिक्षण गरि अावश्यक न्यूनतम पूर्वाधारकाे तयारी गर्ने र सम्पूर्ण खर्चकाे अभिलेख राख्ने तथा अाइसाेलेशन सेन्टर संचालन गर्नकाे लागि अावश्यक जनशक्ति याेजना तयार गरि चारवटै पालिकाले जेठ २७ गतेभित्र खटाउने निर्णय गरेकाे संयाेजक सुबेदीले जानकारी दिए । उक्त अाइसाेलेशन सेन्टरको नेपाली सेनाले पुरै सुरक्षाको जिम्मा लिनेछ ।जेठ २८ गतेदेखि विरामीलाई उपचारको लागि भर्ना गरिने भएको छ । यता लमही नगरपालिकाले नेत्रलाल अभागि स्मृति भवनलाई काेराेना विशेष अाइसाेलेशन सेन्टरकाे रूपमा स्थापना गर्न लागेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप