गृहपृष्ठ ∕ समाचार ∕ राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरियआइसोलेसन,जेष्ठ २८ देखि विरामी राखिने राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरियआइसोलेसन,जेष्ठ २८ देखि विरामी राखिने प्रिया स्मृती गजमेर जेठ २३, २०७७ गते २०:५१ मा प्रकाशित दाङ – देउखुरीको राप्ती गाउँपालिकामा स्थापना गरिएको देउखुरी स्तरीय देउखुरी काेराेना अाइसुलेसन सेन्टरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आज शुक्रबार बृहत छलफल भएको छ ।प्रदेश नम्बर ५ का सांसद इन्द्रजित थारू, प्रदेशसभा सदस्य प्रदेश नं. ५ का कानुन समिति सभापति दामा शर्मा, देउखुरीका चारवटा पालिका प्रमुख, नेपाली सेना र स्वास्थ्यकर्मी विच देउखुरी काेराेना अाइसाेलेसन सेन्टरलाई व्यवस्थापन गर्ने बारे राप्ती गाउँपालिकाका अध्यक्ष नुमान्नद सुबेदिकाे संयाेजकत्वमा सात सदस्यीय र दुई सल्लाहकार सहित तदर्थ समिति गठन गरेकाे छ ।समितिले राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरिय काेराेना विशेष अाइसाेलेशन सेन्टर एकसय बेड निर्माणका लागि तत्काल देउखुरीका चारवटा पालिकाले एक हप्ता भित्र पहिलो पटकका लागि पन्ध्र लाख काेषमा जम्मा गर्ने निर्णय समेत गरेको छ । यस्तै शुक्रबार समितिले देउखुरीमा स्थापना हुन लागेको काेराेना अाइसाेलेशन केन्द्रकाे नाम काेराेना विशेष देउखुरी अाइसाेलेशन सेन्टर माैरीघाट राखेको राप्ती गाउँपालिकाका अध्यक्ष तथा संयाेजक नुमानन्द सुबेदीले बताए ।राप्ती गाउँपालिकाबाट अाइसाेलेशन केन्द्रकाे स्थलगत निरिक्षण गरि अावश्यक न्यूनतम पूर्वाधारकाे तयारी गर्ने र सम्पूर्ण खर्चकाे अभिलेख राख्ने तथा अाइसाेलेशन सेन्टर संचालन गर्नकाे लागि अावश्यक जनशक्ति याेजना तयार गरि चारवटै पालिकाले जेठ २७ गतेभित्र खटाउने निर्णय गरेकाे संयाेजक सुबेदीले जानकारी दिए । उक्त अाइसाेलेशन सेन्टरको नेपाली सेनाले पुरै सुरक्षाको जिम्मा लिनेछ ।जेठ २८ गतेदेखि विरामीलाई उपचारको लागि भर्ना गरिने भएको छ । यता लमही नगरपालिकाले नेत्रलाल अभागि स्मृति भवनलाई काेराेना विशेष अाइसाेलेशन सेन्टरकाे रूपमा स्थापना गर्न लागेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल