गृहपृष्ठ ∕ समाचार ∕ नेको इन्सुरेन्सको २४ औं वार्षिक साधारणसभा सम्पन्न नेको इन्सुरेन्सको २४ औं वार्षिक साधारणसभा सम्पन्न अंकित रावल जेठ २३, २०७७ गते १९:३३ मा प्रकाशित काठमाडौं – बीमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्धेश्यका साथ स्थापित नेको इन्सुरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्ष २०७५/७६ को कम्पनीको वित्तिय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।सधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रमेशकुमार निरौलाको अध्यक्षता सम्पन्न भएको थियो भने उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश कुमार निरौला, ध्रुब चन्द्र गौतम, भरत कुमार अधिकारी र साधारण शेयरधनीको तर्फबाट रोहित कुमार भटृराईलाई निर्विरोध निर्वाचित गरेको छ ।साधारण सभापश्चात बसेको नवनिर्वाचित संचालकहरुको बैठकले संचालक रमेश कुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ । साथै, नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईं समक्ष र संचालकहरुले कम्पनीका अध्यक्ष रमेश कुमार निरौला समक्ष सपथ ग्रहण गरेका थिए ।२५ वर्षअघि देशका सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा माछापुच्छ्रे बैंक लगायतका प्रवद्र्धकहरुद्वारा स्थापित सो कम्पनी ग्राहकहरुको सेवा समर्पित रहेको देखिन्छ । क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल