गृहपृष्ठ ∕ समाचार ∕ कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना पोजेटिभ कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना पोजेटिभ दीप संञ्चार जेठ २३, २०७७ गते १८:५८ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका–७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महाराजगञ्ज नगरपालिकामा १५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए ।कपिलवस्तुका १० स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यहाँमात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको छ । यशोधरापछि महाराजगञ्ज नगरपालिकाका ६५ जना, मायादेवी गाउँपालिकाका ५४ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिका ९चन्द्रौटा० मा ४८ जना, शुद्धोधन गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।कपिलवस्तु नगरपालिका ९तौलिहवा० मा २८ जना, बुद्धभूमि नगरपालिकामा २५ जना, बाणगंगा नगरपालिकामा २२ जना र विजयनगर गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ फोकल पर्सन थापाका अनुसार जिल्लाका १२ सय जना भन्दा बढीको प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छ । कपिलवस्तुमा हालसम्म ५ हजार ९ सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।शुक्रबारको रिपोर्टसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति