Techie IT
×
गृहपृष्ठसमाचारविश्व वातावरण दिवसका दिन सामुदायिक वन क्षेत्रमा वृक्षरोपण

विश्व वातावरण दिवसका दिन सामुदायिक वन क्षेत्रमा वृक्षरोपण


दाङ – डिभिजन वन कार्यालय देउखुरीले देउखुरी एक सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । लमही नगरपालिका वडा नम्बर ५ को अजम्मरी सामुदायिक वन क्षेत्रमा धुपी, अमला, कलकी, राजवृक्ष र कपुर जातका बिरुवा रोपिएको हो ।

सुरक्षित जिवनका लागि जैविक विविधता भन्ने मुख्य नारा लेखिएको ब्यानर सहित डिभिजन वन कार्यालय र अजम्मरी सामुदायिक वनको संयुक्त पहलमा वन क्षेत्रमा बन्दै गरेको पार्क भित्र विभिन्न जातका विरुवा रोपिएको छ । पछिल्लो समययता प्राकृतिक सम्पदाको दोहनका कारण विश्व वातावरण नै जोखिममा परेको भन्दै यो तत्काल नरोके विश्व नै भयावह अवस्थामा पुग्ने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबीण बिडारीले भने ।

अहिले विश्व नै कोरोना भाइरसका कारण आतंकित भएको हुँदा महत्वपूर्ण कार्यक्रमलाई थोरै संख्यामा सिमित राख्नु परेको बताउदै डिभिजनल वन प्रमुख बिडारीले देशको अवस्था बिस्तारै सुधार हुदै गयो भने वन वातावरण र संरक्षणका बारेमा आम उपभोक्तालाई बुझाउने गरि कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताए । प्रकृति दोहोन गर्दाको प्रतिफल अहिले विश्व समुदायले पाईरहेको छ, यो स्थितिलाई नियन्त्रण गर्न सकिएन भने मानव जीवनमा ठुलै असर पर्ने देखिन्छ प्रमुख बिडारीले भने ।

environment day

वन जंगल मानिसको अभिन्न अंग जस्तै हो, जुन बिना सिंगो मानवजाती बाँच्न समेत गाह्रो हुने भएकोले यस्ता गलत क्रियाकलापलाई रोक्नका लागि सबै लाग्नु पर्नेमा उनको जोड छ । नेपाल सानो मुलुक भएपनि जैविक विविधताले धनि देश भएकोले विश्वमा गर्ब गर्न लायक भएको प्रमुख बिडारीको भनाई छ । त्यस्तै आज शुक्रवार अजम्मरी सामुदायिक वन क्षेत्रमा लमही जेसिजले पनि बिभिन्न जातका फूलहरु रोपेको छ ।

कार्यक्रममा देउखुरी डिभिजन वन कार्यालयका अन्य कर्मचारी, सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल, उपाध्यक्ष बिष्णुमाया पौडेल, सचिव माया घमाल, कोषाध्यक्ष तेज बहादुर बिश्वकर्मा, सदस्य तारा प्रसाद खनाल, लमही जेसिजका शिव शंकर गुप्ता, वर्तमान अध्यक्ष सपना पाण्डे, भिम भुषाल, लक्ष्मी चौधरी, पत्रकार दशरथ घिमिरे, शिबु खनाल लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस