गृहपृष्ठ ∕ समाचार ∕ डिस्चार्ज गरेर घर गएकाहरुको रिपोर्ट पोजेटिभ आए पछि डिस्चार्ज गरेर घर गएकाहरुको रिपोर्ट पोजेटिभ आए पछि प्रिया स्मृती गजमेर जेठ २२, २०७७ गते २१:१२ मा प्रकाशित दाङ – राजपुर गाउँपालिकाको क्वारेन्टाइन बाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएको छ ।राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछी बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठाएको थियो । तर, बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भयो । त्यसपछी कोरोना परिक्षण गरिएको रिपोर्ट नआउदै डिस्चार्ज गरिएको घटना बाहिर आयो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना दिदा भएको त्रुटीले गर्दा समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । ‘क्वारेन्टाइनमा बसेका मध्य ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछी तीन जना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो गाउँपालिकाका अध्यक्ष केसीले भने ।बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जानकारी आएपछी फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’ गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै कोरोना संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध समेत गरेका छन् । बिहिबार पुष्टि भएका तीन जना मध्य दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भैरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए ।आज बिहिबार राजपुर–२ निवासी ३४ बर्षिय, वडा नम्बर ३ निवासी २७ बर्षिय र वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ