Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनएमा आदर्श अनुजा प्रधान र असफल महासचिव डा शर्मा, ओरालो लाग्दै संघ!

एनआरएनएमा आदर्श अनुजा प्रधान र असफल महासचिव डा शर्मा, ओरालो लाग्दै संघ!


युरोप – गैरआवासीय नेपाली संघमा बेल्जियमबाट अन्तराष्ट्रिय परिषद सदस्य रहेकी अनुजा प्रधान एनआरएनहरुमा सबैभन्दा आदर्श व्यक्ति प्रमाणित भएकी छन्।

प्रधानले एनआरएनमा निर्वाचित पछि बेल्जियम स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यसमिति सदस्य पदबाट राजिनामा दिएकी थिइन। त्यो समय प्रधानको चर्चा विश्वभरिका नेपाली समुदायले गरे, फेसबुकवालमा धन्यवाद दिएर भरे।

यसपूर्व एनआरएनका महासचिव डा हेम राज शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७ (६) मा संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गर्न नपाइने व्यवस्था भएको अनुरुप बताउदै राजनैतिक, धार्मिक, जातीय सँस्थामा रहेका व्यक्ति हरुलाई २५ फेब्रुअरी सम्म राजिनामाको प्रति पेश गर्नुपर्ने बताएउदै खरो उत्रिएका थिए। त्यहि अनुरुप अन्तरिक रुपमा सर्कुलर पनि जारि गरेका थिए। तर पछि के के भयो कस कस्ले राजीनामा दिए, कसले नदिएर कारबाहीमा परे कही कतै जानकारी छैन।

एनआरएनए र राजनीतिक दल दुबैतिर आबद्ध भएका व्यक्तिहरुलाई एक तिरको जिम्मेवारी त्यागगरी संघभित्रको शुद्धिकरण अभियानमा सहयोग गर्न भन्दै मिति नै तोकिसकेका महासचिव डा शर्माले आग्रह त गरे तर काम भने फत्ते गर्न सकेनन। आफै बुरुक्क उफ्रेर, तुरुक्क आँसु झर्दै, लुरुक्क सेलाए। प्रधान जस्तै यूरोपभरिका एनसीसीहरुमा पनि थुप्रै पदाधिकारीहरु दोहोरो पदमै रमाएको देखिन्छ। उता अमेरिकाका आइसिसी सदस्यमा मनोनित प्रमोद सिटौलाले नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचित केन्द्रिय सदस्य भन्दै काँग्रेसीहरुको जुमे बैठक चलाएका छन। हुन आइसिसी सदस्यमा अमेरिकाबाट मनोनित यमुना भट्टराई पनि प्रवासी मंच अमेरिकाको केन्द्रिय उपाध्यक्ष नै हुन्। भनिएको एकिकरणपछि पनि पार्टीले निकालेको लिष्टमा उनि केन्द्रिय सदस्य नै छन्। तर पनि ती दुबैले राजिनामा दिएका छैनन्। यसका साथै एनआरएनए अमेरिका सदस्य सिपी पौडेलले नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय उपाध्यक्ष र एनआरएनए दुबै पद खोलेर नै शुभकामना दिएको प्रमाण उनको फेसबुकवालमा आझै छ।

एनआरएनए अमेरिकाका प्रवक्ता ओम भट्टराई पनि जनसम्पर्क समिति अमेरिकाको निर्वाचित केन्द्रीय सदस्य तर पनि अमेरिकाले फेक फेसबुक आइडि काण्डमा मुछिएको पर्दाफास अमेरिकाका प्रसन्न संग्रौलाएल लाइभ गरिदिएपछि सस्पेण्डमा परेका छन्। अमिरिका, यूरोप मात्र होइन एनसीसी क्यानाडाका सबैजसो पदाधिकारीहरु पनि दोहोरो पदमै रहेछन भन्ने कुरा नेकपाको मनोनयन लिष्टसँग तुलना गर्दा थाहा भयो। यस्ता उदाहरण हरेक रिजनमा छन्। अस्ट्रेलिया, मध्यपूर्व सबैतिर छन् तर पनि महासचिव डा शर्मा कानमा तेल हालेर बसेका छन्।

यस्ता रोगबाट अब संघ कतै पनि अछुतो छैन। रोग़ जताततै छ, यत्रतत्रसर्वत्र। चुनाबमा आफै गुटउपगुट खडा गर्दै साम दाम दण्ड भेद मै उत्रेर नभए नेताहरुको ढोका ढकढकाउन पनि पछि नपर्ने उनि यो पटक भने हारेका छन्। त्यति मात्र नभएर अनेक समाजको नामकरण गर्दै पाच सात जना जिल्ला बासी, क्षेत्र बासी, जाति वासी, धर्मवासी भेला भई आफै अध्यक्ष उपाध्यक्ष तोक्दै चार चौरास लगाएर सत्तामा आउने अनि संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गर्न नपाइने व्यवस्था भएको अनुरुप बताउदै फलानो दिन सम्म राजिनामा देउ भनेर निर्देशन सर्कुलर गर्ने उनि आफैं हुन्। तर अहिले आएर आफैमा हास्यसपद हुन जान्छ, उनको यो कदमले।

अष्ट्रियाका अध्यक्ष पूर्व माओबादी नेकपाको भएकोले अध्यक्ष पन्तको ध्वाँस दिएर कानुनले बर्जित गरेका काम गर्दापनि महासचिव डा शर्माले च्यापेर राखेका छन्। यी त केहि काष्टिङ मात्र हुन्। हाम्रा महासचिवको चर्तिकलाको लामो फेहरिस्त नै बनिसकेको छ। पदाधिकारी र आईसीसी भित्र पनि उनो चर्को रुपमा आलोचना हुन थालेको कुरा बाहिर आउन थालेको छ। हुन त महासचिव शर्मालाइ जापानका एनआरएनहरुले भष्माशुरको संज्ञा दिने गरेका रहेछन। यो समाचार लेख्न जानकारी दिनेक्रमम एकजनाले सो कुरा बताएका हुन्।

उनि जहाँ छिर्छन त्यो संस्था भष्म गरेर छाड्छन। उनले एनआरएन जापान भष्म गरेर बेलायत सरे। बेलायतमा पनि आतंक नै मच्चाए। दुइ-दुइ एनसीसी बनाउन मलजल गरे। अन्तमा, अहिले अन्तराष्ट्रिय परिषदका विद्वान महासचिवमा गनिएका डा शर्मा सबै भन्दा असफल हुने भएका छन्। उनलाई कसैले पनि टेर्न छाडिसकेका छन्। उनैका कारण संघ धरासाही र ओरालो लागेको छ। उनले आफैं सार्जनानिक गरेको कोरोना भाइरसबारेको संघको आधिकारिक भनेर दिएको डाटा झुटा भएको भन्दै बहराइनको नेपाली राजदूताबासले खण्डन नै गरेको छ। त्यो घटना सेलाउन नपाउँदै अर्को एउटा काण्ड सुरु भएको छ। उनले कोषाध्यक्ष महेश श्रेष्ठलाइ पनि डुबाएका छन्।

सचिव गौरी जोशीलाइ त छाँगाबाट नै खसालिदिए। एनसीसी हरुका कोभिड राहत वितरणका गलत विवरणहरु संघको केन्द्रमा लगेर प्रसारण गर्ने गरेका थुप्रै उदाहरणहरु समेत छन् ! यी सबैको नतिजा अध्यक्ष कुमार पन्तको कार्यकाल पनि निवर्तमान अध्यक्ष भबन भट्टकै जस्तो असफल हुने टड्कारो छ। यससंगै उनि भावी नेतृवमा आउने बाटो पनि संकुचित हुँदै गएको छ। युरोपतिरका एनआरएनहरुले उनलाई जसरी पनि आगामी चुनावमा हराउने कुरा गर्न थालेका छन्।

महासचिव डा शर्माकै कारण एनआरएनको इतिहासमा नै पहिलो पटक संघका अध्यक्षलाइ कालो झण्डा देखाइयो। त्यो पनि डा शर्माको होमकण्ट्रि बेलायतमा। यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ एनआरएनमा ? आइसीसी सदस्य मनोनयनमा पास भएको नाम बिचमा काटेर बामपन्थी थप्ने काम उनीले गरे। अन्तिम नाम पढ्ने बेला अर्कै नाम परेपछि अध्यक्ष पन्त झस्किएका थिए। तर अर्को उपाए थिएन, अध्यक्ष पन्तले कायनबाचा गरेका मध्ये एकजना युरोप, एकजना अमेरिका र एकजना अष्ट्रेलियाका नाम बिचमा नै काटेर महासचिव डा शर्माले छलाङ मारिदिए। – जिएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस