गृहपृष्ठ ∕ समाचार ∕ साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल ? साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल ? गणेश पाण्डे जेठ २२, २०७७ गते १९:४९ मा प्रकाशित लिस्बन – पोर्चुगल सरकारले लिस्बन महानगरपालिकासंग सहकार्य गर्दै लिस्बनलाई साइकलमैत्री शहरको रुपमा निर्माण गर्दैछ। सरकारले लिस्बनमा साइकल किन्न चाहनेहरुका लागि ३० लाख युरोको कोषको निर्माण गरेको छ।वातावरणमैत्री परियोजनाका लागि यो रकम अहिलेसम्मकै सबैभन्दा ठुलो रकम हो। साइकल किन्न चाहनेहरुले सरकारले तोकेको पसलबाट मात्रै किन्न सक्नेछन् । लिस्बन महानगरपालिकाले ल्याएको यो प्रोजेक्टमा शहरभित्र अझै बढी साइकललेनको निर्माण पनि गरिनेछ र साइकल पार्किङ गर्ने स्थानहरु र क्षमता पनि बढाईनेछ।कार कल्चरलाई निरुत्साहित गर्दै साइकल कल्चरलाई प्रोत्साहन र वातावरणमैत्री गतिशिलतालाई थप सहयोग गर्न महानगरपालिकाले यो प्रोजेक्ट ल्याएको हो। ” मोबिलिटी फण्ड ” नाम दिईएको यो प्रोजेक्टमा १.५ मिलियन युरो सामान्य साइकल खरिद गर्न खर्च गरिनेछ भने बाँकी १. ५ मिलियन युरो इलेक्ट्रिक र कार्गो साइकल खरिद गर्न खर्च गरिनेछ। ” मोबिलिटी फण्ड “मा खर्च गरिने यो रकम पोर्चुगलको वातावरण मन्त्रालयले कम उत्सर्जन सवारी साधनहरुलाई बढावा दिन गरिएको खर्चको १० गुणाले बढी हो।परम्परागत साइकल खरिदमा प्रतिव्यक्ति १०० युरो प्रदान गरिने र यो सुबिधा बिद्यार्थीहरुका लागि मात्रै दिईने मोबिलिटी प्रोजेक्टका काउन्सिलर मिगेल गास्परले बताएका छन्। यो प्रोजेक्टमा १५ हजार साइकल खरिदमा सहयोग गर्न सकिनेछ। इलेक्ट्रिक साइकल महँगो हुने भएकोले प्रतिव्यक्ति साइकलको आधा मुल्य वा बढीमा ३५० युरो प्रदान गरिनेछ। यो प्रोजेक्टमा स्थानीय बासिन्दा र कामदारहरु लाभ लिन सक्नेछन् ।महानगरपालिकाले मोबिलिटी प्रोजेक्टका लागि लामो समयदेखि शहरमा साइकल व्यवसाय गर्दै आईरहेका व्यवसायीहरुसंग साझेदारी गर्ने भएको छ, जसले उनीहरुको व्यवसायमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ। महानगरपालिकाले मोबिलिटी प्रोजेक्टलाई थप दिगो बनाउन तिन हजार साइकल स्ट्याण्डको निर्माण गरिने बताएको छ।यस्ता साइकल स्ट्याण्डहरु अब सार्वजनिक स्थल, सार्वजनिक सडकका साथै अण्डर ग्राउण्ड कार पार्कहरुमा समेत निर्माण गरिने लिस्बन महानगरपालिकले जनाएको छ। – जिएनएनभिडियो हेर्नुहोस : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै