Techie IT
×
गृहपृष्ठसमाचारजुम्लाको एकीकृत क्वारेन्टिनमा अमानवीय व्यवहार : काँचो भात र दाल

जुम्लाको एकीकृत क्वारेन्टिनमा अमानवीय व्यवहार : काँचो भात र दाल


जुम्ला –  जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बसेकाले खान बस्नको राम्रो व्यवस्था नभएको र आफूहरुलाई गर्ने व्यवहारमा मानवता नभेटिएको बताएका छन् । यो क्वारेन्टिनमा भारत र नेपालका विभिन्न जिल्लाबाट आएकाहरु बसेका छन् ।

राम्रोसँग नपाकेको भात र दाल दिने गरिएको, क्वारेन्टिनमा नपाकेको खानाले स्वास्थ्य अवस्था बिग्रिएको दुखेसो ब्यक्त गर्दै क्वारेन्टिनमा  व्यवस्थापन राम्रो नभएकोले उनीहरुले घर जाने समेत चेतावनी दिएका छन् ।

क्वारेन्टिनमा बसेका दानवहादुर कार्की भन्छन्, ‘कोठाभित्रबाट बाहिर समेत आउन पाउँदैनौँ, क्वारेन्टिनभित्र गर्ने व्यवहार समेत राम्रो छैन,  निकै अपहेलना र घृणाको नजरले हेर्ने गरिन्छ, ‘ यहाँ संक्रमण फैलाउन राखिएको हो कि कोरानाको संक्रमण रोक्न बुझ्न कठिन छ । ’

संक्रमित देखिएको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य परिक्षण हुन सकेको छैन । क्वारेन्टिनमा राखेकाहरुलाई अमानवीय  व्यवहार भएकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरु बताउँछन् । रोल्पा जिल्लाबाट जुम्ला पुगेका कार्कीले क्वारेन्टिनमा झन् असुरक्षित भइरहेको बताताउदै उनले थपे ,‘बाहिर गफमा सबै सुविधा छ । तर भित्र खोक्रो छ । क्वारेन्टिनमा कुनै पनि कुरा मापदण्ड अनुसारको सेवा छैन ।’

१९ जना कोरोना संक्रमित देखिएकोले प्राविधिक शिक्षालयबाट २ दिनपछि मात्रै संक्रमितलाई अन्यत्र ठाउँमा सारिएको भन्दै आफूहरु असुरक्षित भएको क्वारेन्टिनमा बसेकाहरु बताउँछन् ।क्वारेन्टिनमा भइरहेको अमानवियताको छानविन नभए स्थानीय प्रशासन घेराउ गर्न तयार हुने उनी बताउँछन् ।

संक्रमितलाई तत्काल आइसोलेसनमा राख्नु पर्नेमा त्यसो नगरी दुई दिनसम्म संक्रमितलाई क्वारेन्टाइनमा राखिएको हुनाले अरुले असुरक्षितको महसुस गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लाका रजिष्ट्रार विश्वराज काँफ्लेका अनुसार क्वारेन्टिनमा रहेकाहरुको स्वाब संकलन गर्ने बेला नभएको बताए । समय पुगेपछि स्वाब संकलन गरेर परिक्षण गर्ने तयारी भइरहेको जनाए । एकीकृत क्वारेन्टिनमा १ सय ४६ जना छन् ।

क्वारेन्टाइनमा बसेका २५ जनाको मात्रै हालसम्म स्वाब परिक्षण भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा खाना र बस्नको राम्रो प्रबन्ध गर्न निर्देशन गरिएको बताउँछन् । उनले भने,‘खानपानको व्यवस्था स्थानीय तहलाई दिइएको छ । क्वारेन्टिनमा भोकभोकै बस्ने गरेको, समयमै खाजा नास्ता नपाएको, औषधि उपचारको प्रबन्ध नभएको र क्वरोन्टिनमा बसेकालाइ हेपाह दृष्टिकोणले हेर्ने गरेको दुखेसो उनीहरुको छ ।

क्वारेन्टिनमा खटिएका स्वास्थ्यकमी स्थानीय सरकारले व्यवस्थापन गर्न नसकेको बताउँछन् । उनीहरु क्वारेन्टिनमा बसेकालाई त हेर्ने नजर फरक छ । त्यो भन्दा पनि अपहेलना स्वास्थ्यकर्मीले खेपिरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस