जुम्लाको एकीकृत क्वारेन्टिनमा अमानवीय व्यवहार : काँचो भात र दाल
जुम्ला – जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बसेकाले खान बस्नको राम्रो व्यवस्था नभएको र आफूहरुलाई गर्ने व्यवहारमा मानवता नभेटिएको बताएका छन् । यो क्वारेन्टिनमा भारत र नेपालका विभिन्न जिल्लाबाट आएकाहरु बसेका छन् ।
राम्रोसँग नपाकेको भात र दाल दिने गरिएको, क्वारेन्टिनमा नपाकेको खानाले स्वास्थ्य अवस्था बिग्रिएको दुखेसो ब्यक्त गर्दै क्वारेन्टिनमा व्यवस्थापन राम्रो नभएकोले उनीहरुले घर जाने समेत चेतावनी दिएका छन् ।
क्वारेन्टिनमा बसेका दानवहादुर कार्की भन्छन्, ‘कोठाभित्रबाट बाहिर समेत आउन पाउँदैनौँ, क्वारेन्टिनभित्र गर्ने व्यवहार समेत राम्रो छैन, निकै अपहेलना र घृणाको नजरले हेर्ने गरिन्छ, ‘ यहाँ संक्रमण फैलाउन राखिएको हो कि कोरानाको संक्रमण रोक्न बुझ्न कठिन छ । ’
संक्रमित देखिएको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य परिक्षण हुन सकेको छैन । क्वारेन्टिनमा राखेकाहरुलाई अमानवीय व्यवहार भएकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरु बताउँछन् । रोल्पा जिल्लाबाट जुम्ला पुगेका कार्कीले क्वारेन्टिनमा झन् असुरक्षित भइरहेको बताताउदै उनले थपे ,‘बाहिर गफमा सबै सुविधा छ । तर भित्र खोक्रो छ । क्वारेन्टिनमा कुनै पनि कुरा मापदण्ड अनुसारको सेवा छैन ।’
१९ जना कोरोना संक्रमित देखिएकोले प्राविधिक शिक्षालयबाट २ दिनपछि मात्रै संक्रमितलाई अन्यत्र ठाउँमा सारिएको भन्दै आफूहरु असुरक्षित भएको क्वारेन्टिनमा बसेकाहरु बताउँछन् ।क्वारेन्टिनमा भइरहेको अमानवियताको छानविन नभए स्थानीय प्रशासन घेराउ गर्न तयार हुने उनी बताउँछन् ।
संक्रमितलाई तत्काल आइसोलेसनमा राख्नु पर्नेमा त्यसो नगरी दुई दिनसम्म संक्रमितलाई क्वारेन्टाइनमा राखिएको हुनाले अरुले असुरक्षितको महसुस गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लाका रजिष्ट्रार विश्वराज काँफ्लेका अनुसार क्वारेन्टिनमा रहेकाहरुको स्वाब संकलन गर्ने बेला नभएको बताए । समय पुगेपछि स्वाब संकलन गरेर परिक्षण गर्ने तयारी भइरहेको जनाए । एकीकृत क्वारेन्टिनमा १ सय ४६ जना छन् ।
क्वारेन्टाइनमा बसेका २५ जनाको मात्रै हालसम्म स्वाब परिक्षण भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा खाना र बस्नको राम्रो प्रबन्ध गर्न निर्देशन गरिएको बताउँछन् । उनले भने,‘खानपानको व्यवस्था स्थानीय तहलाई दिइएको छ । क्वारेन्टिनमा भोकभोकै बस्ने गरेको, समयमै खाजा नास्ता नपाएको, औषधि उपचारको प्रबन्ध नभएको र क्वरोन्टिनमा बसेकालाइ हेपाह दृष्टिकोणले हेर्ने गरेको दुखेसो उनीहरुको छ ।
क्वारेन्टिनमा खटिएका स्वास्थ्यकमी स्थानीय सरकारले व्यवस्थापन गर्न नसकेको बताउँछन् । उनीहरु क्वारेन्टिनमा बसेकालाई त हेर्ने नजर फरक छ । त्यो भन्दा पनि अपहेलना स्वास्थ्यकर्मीले खेपिरहेको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस