Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारटिचिङमा उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमितको अन्तिम संस्कार गरियो

टिचिङमा उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमितको अन्तिम संस्कार गरियो


काठमाडौं – त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारका क्रममा  मृत्यु भएका ७६ वर्षीय कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिअनुसार बुधबार मृत्यु भएका दोलखाका उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा बुधबार साँझ अन्तिम संस्कार गरिएको पशुपति कोषका एक कार्यसमिति सदस्यले  जानकारी दिए ।

मृतक ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस