Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ्गमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


 दाङ्ग – दाङ्गमा आज पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । दुई जना महिला र तिन जना पुरुष रहेको राप्ति बिज्ञान प्रतिष्ठानले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमित हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित साधारण माध्यमिक बिद्यालय सालभौरी क्वारेनटाईनमा रहेका राजपुर गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महिला, वडा नम्बर १ का १९ वर्षीय पुरुष र वडा नम्बर १ कै २७ वर्षीय महिला रहेका छन् । त्यस्तै दाङ्गको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय पुरुष र वडा नम्बर ५ का २२ वर्षीय पुरुष रहेका छन् ।

यो संगै दाङ्गमा कोरोना संक्रमण हुनेको संख्या ५५ पुगेको छ । त्यस्तै प्युठान मान्डबी गाउँपालिका वडा नम्बर १ २३ वर्षीय पुरुष र सोहि गाउँ पालिका वडा नम्बर २ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय एक जना व्यक्ति रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि भएकाहरुको दाङ्ग को घोराही स्थित राप्ति बिज्ञान प्रतिष्ठानमा पिसिआर परिस्खन गरिएको थियो । प्युठानका संक्रमण पुष्टि भएका दुई जनालाई सोहि गाउँपालिकाको आइसोलेसनमा व्यवस्थापन गरिने तयारि भैरहेको छ । संक्रमण पुष्टि भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश ५
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस