गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रुकुम घटनाको बिरुद्द दाङ्गको गढवामा बिरोध र्याली रुकुम घटनाको बिरुद्द दाङ्गको गढवामा बिरोध र्याली प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १२:४२ मा प्रकाशित दाङ्ग – जाजरकोट र रुकुमका दलित तथा गैर दलित युवाहरुको हत्याको बिरोधमा दाङ्गको गढवामा बिरोध प्रर्दशन भएको छ ।जाजरकोटका दलित युवा नवराज बिश्वकर्मा र रुकुम चौरजहारीकी सुष्मा मल्लको प्रेम सम्बन्धलाई लिएर जेष्ठ दश गते सुष्माका आफन्तले नवराज सहित ६ जनालाई लखेटी लखेटी कुटपिट गरेर भेरी नदीमा फालेका थिए । ६ जना युवा मध्ये नवराज र अर्का एक युवाको शब् तत्काल प्रहरीले फेला पारेको थियो भने अन्य युवाहरुको केहि दिन पछि मात्र शब् भेटिएको थियो ।घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग राख्दै दाङ्ग देउखुरीको गढवा स्थित रहेको दलित शसक्तिकरण अभियानले विरोध प्रदर्शन गरेको हो । राजनीतिक आडमा दोषी उम्कन सक्ने भन्दै राज्यलाई बेलैमा सचेत भएर घटनाको सत्य तथ्य छानबिन गरेर पिडितलाई न्याय दिनु पर्ने बताएका छन् । दलित माथि विभेद गरे कानुनतः कारबाही हुने संबिधानमा उल्लेख गरेपनि कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेका छन् ।गढवाको जनता माध्यामिक बिद्यालय देखि शुरु भएको र्याली गढवा गाउँपालिका कार्यालय हुँदै चोकमा फर्किएर कोण सभामा परिणत भएको थियो । सभालाई अभियानका अध्यक्ष बेगमराज गहतराज, उपाध्यक्ष जयकला बि. क., अम्मर सुनार, गेहेन्द्र दुधराज, ज्ञानबहादुर परिवार, तिलक परियार, कमला नेपाली, दुर्गा बहादुर सुनार लगायतले सम्बोधन गरेका थिए ।अभियानले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबलाई ज्ञापन पत्रपनि बुझाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ