Techie IT
×
गृहपृष्ठसमाचारसुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो


कैलाली – सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा ४३  पुगेको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको हो ,यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।

नयाँ फेला परेका संक्रमतिमा धनगढी उपमहानगरपालिकाका वर्ष २५ का १ जना पुरुष तथा गौरीगंगा नगरपालिका बस्ने ५, १९, २१, २४, २४, २८, ३३, ३५ र ४७ वर्षका ९ जना पुरुष छन् । सोही ठाउँ बस्ने वर्ष २२, २७, २८ का तीन जना महिला छन । कैलालीको बर्दगोरिया गाउँपालिका बस्ने वर्ष २७ का १ जना पुरुषमा संक्रमण देखिएको छ । त्यसै गरि अछाम चौरपाटी गाउँपालिका ३३ वर्षका १ जना पुरुष, डोटी शिखरनगरपालिका २५ का १ जना पुरुष, बैतडी पाटन नगरपालिका ३४ का १ जना पुरुष र कञ्चनपुर शुकलाफाटा नगरपालिका बस्ने ११ महिनाका बालकमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने  हिजो पुष्टि भएका संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याइएको कार्कीले वताए ।

कार्कीले थपे ‘भारतवाट आएका नागरिकबाट जोखिम बढेको छ,’ ‘परीक्षणको दायरा बढाएर जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।’

आजसम्म ६ हजार ६  सय ८२ जनाको स्वाब नमुना संकलन गरिएको र ५हजार ७ सय ६७ जनामा परीक्षण गरिएको उनले वताए । ५ हजार  ७  सय ४२ को  भने रिपोट नेगेटिभ छ भने ९  सय १५ को थ्रोट स्वाव नमुनाको नतिजा आउन बाँकी रहेको छ । आरडिटी विधिवाट २२ हजार ५  सय ४५ जनाको परिक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २२ हजार ४ सय ४ जनाको नेगेटिभ छ भने १  सय ४१ जनाको पोजिटिभ छ ।

आजसम्म ४९हजार  ९ सय ५३ जना ब्यक्तीहरु क्वारेन्टिनमा रहेका छन् । जस मध्ये ४३ हजार  ३ सय ५७ जना पुरुष र ६ हजार  ५  सय ९६ जना महिला रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । प्रदेशका विभिन्न अस्पतालमा ३० जना आईसोलेसनमा रहेर उपचारमा छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस