Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयी हुन कोरोना नदेखिएका १८ जिल्ला

यी हुन कोरोना नदेखिएका १८ जिल्ला


काठमाण्डौ  – नेपालामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आज मात्र २३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित संक्रमितको संख्या १ हजार ८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५९ जिल्लामा कोरोना देखिएता पनि बाँकी १८ जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुममा अहिलेसम्म संक्रमण पुष्टि भएको छैन। त्यस्तै ओखलढुंगा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, कास्की, डोल्पा, रुकुम पश्चिम, जाजरकोट, पर्वत, रोल्पा, प्युठान, मुगु र हुम्लामामा पनि संक्रमितको संख्या देखिएका छैनन्।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस