Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसाउदीबाट स्वदेश फीर्ता हुन चाहाने नेपालीले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने

साउदीबाट स्वदेश फीर्ता हुन चाहाने नेपालीले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने


रियाद – नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय गरेको छ  ।

नेपाली राजदूतावास , रियादले एक विज्ञप्ति जारी गर्दै साउदीबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा   बहिर्गमन भिसा र राहदानीको कपि, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, ‌औषधीको प्रेस्कृप्सन तथा जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ,आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात राजदूतावासको ईमेल nepalembassyriyadh@gmail.com र  WhatsApp नं. ०५०००३१७०५ मा पठाइदिनुहुन अनुरोध गरेको हो ।

दूतावासले अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराउने भएको छ ।

राजदूतावासले स्वदेश फिर्ती सहजीकरण सम्बन्धी  जारी विज्ञप्ति, जस्ताको त्यस्तै  :

स्वदेश फिर्ती सहजीकरण सम्बन्धी जरुरी सूचना नेपाली राजदूतावासले कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरुको विवरण संकलन गरी समस्या समाधानमा पहल गर्दै आएको सबैमा जानकारी नै छ ।

संकलित विवरणहरु हेर्दा वहिर्गमन भीसा (Exit Visa) लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, Exit Visa लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिसामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना वाहेक अन्य विरामीहरु, रोजगारी सहित विदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको छ ।

नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा अविलम्व निम्न विवरण राजदूतावासको ईमेल nepalembassyriyadh@gmail.com र WhatsApp नं. ०५०००३१७०५ मा पठाइदिनुहुन अनुरोध छ ।

१. बहिर्गमन भिसा र राहदानीको कपि ।

२. विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, ‌औषधीको प्रेस्कृप्सन । जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ।

३. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा ।

४. नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात ।

nepali embassy

आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भर्नु भएका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने छ ।

हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पछि जानकारी गराइने पनि अनुरोध छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #international

तपाईको प्रतिक्रिया दिनुहोस