Techie IT
×
गृहपृष्ठसमाचारबाँके दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत, गृहमन्त्रीद्वारा छानविन गर्न निर्देशन 

बाँके दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत, गृहमन्त्रीद्वारा छानविन गर्न निर्देशन 


बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।

सशस्त्र प्रहरी बल स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् ।

ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान सुरक्षा अधिकृतहरुले गरेका छन् ।

हेर्नुस् मृतक र घाइतेको सूची 

banke accident

गृहमन्त्रीद्वारा छानविन गर्न निर्देशन 

गृहमन्त्री रामबहादुर थापाले दुर्घटनाको विषयमा छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।उनले घाइतेको उद्दार तथा उपचारमा कुनै कमी नगर्न पनि निर्देशन दिइएको बताएका छन् ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा अन्य घाइते भएको घटनाले स्तब्ध बनाएको बताउँदै उनले भनेका छन्, ‘मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शाेक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस