गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ को रोकथाम तथा उपचारका लागि एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब दिने कोभिड–१९ को रोकथाम तथा उपचारका लागि एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब दिने दीप संञ्चार जेठ १९, २०७७ गते १८:२० मा प्रकाशित काठमाण्डौ – एशियाली विकास बैंकले नेपालमा कोभिड–१९ को रोकथाम तथा उपचारका लागि ३० अर्ब रुपैंया सहयोग गर्ने भएको छ । सोमबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।एडीबीले सरकारलाई बजेटरी सपोर्टको रुपमा यो रकम उपलब्ध गराएको हो । यसलाई जनस्वास्थ्यलाई सुधार गर्ने, परीक्षण ल्याब तथा क्वारेन्टाइनको निर्माण र व्यवस्थापन तथा कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसम्बन्धी अन्य जुनसुकै खर्चका लागि प्रयोग गर्न सकिने छ ।अर्थसचिव ढुंगानाले एशियाली विकास बैंकले गरेको सहयोग नेपालको कोभिड–१९ को उपचार र राहतमा महत्वपूर्ण भएको भन्दै यसले यो रोगविरुद्धको लडाइँमा ठूलो सहयोग गर्ने बताए । त्यस्तै, एडीबीका कन्ट्रि डाइरेक्टर मुख्तोरले आपतकालीन अवस्थामा एशियाली बिकास बैंक सरकारलाई जस्तोसुकै सहयोग गर्न समेत तयार भएको बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयट्रक र कार ठोक्किँदा तीन जनाको मृत्युखुकुरी प्रहार गरी दुई जनाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोडसहित २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर युक्रेन अतिक्रमण गर्न रुसले ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी देउवा-दाहाललाई एमसिसीको जवाफ : फागुन १६ भित्र अनुमोदन गर्नुस् खुकुरी प्रहार गरी दुई जनाको हत्या