Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबाँकेको अगैया गाडी दुर्घटना: मृतक संख्या १२ पुग्यो

बाँकेको अगैया गाडी दुर्घटना: मृतक संख्या १२ पुग्यो

घटनामा २१ जना घाइते भएका छन्  भने मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् ।


बाँके – राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा आइतबार राति सवा १२ बजे  भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

घटनामा २१ जना घाइते भएका छन्  भने मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् ।घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता राजकुमार बैदारले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा   बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको  बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोकिदां उक्त घटना घटेको हो।

मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस