Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालगन्जबाट दाङ आउँदै गरेको हाइस दुर्घटना : ११ जनाको मृत्यु, २२ गम्भीर घाइते

नेपालगन्जबाट दाङ आउँदै गरेको हाइस दुर्घटना : ११ जनाको मृत्यु, २२ गम्भीर घाइते

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको हाइस (फोर्सगाडी) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्ड को ठुरिया जंगलमा गम्भीर दुर्घटना भएको छ


बाँके- भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको हाइस (फोर्सगाडी) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्ड को ठुरिया जंगलमा गम्भीर दुर्घटना भएको छ ।

बाँके प्रहरीका अनुसार, राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार राति सवा १२ बजे भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन भने शवलाई भेरी अस्पतालको शव गृहमा  राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस