गृहपृष्ठ ∕ समाचार ∕ संविधान संशोधन विधेयकको सूचना राजपत्रमा संविधान संशोधन विधेयकको सूचना राजपत्रमा दीप संञ्चार जेठ १८, २०७७ गते १०:४० मा प्रकाशित काठमाडौं – सरकारले नयाँ नक्सासहितको निशान छाप उल्लेख गरेर संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेलगत्तै आइतबार नै राजपत्रमा पनि सूचना प्रकासित गरेको छ ।नेपालको संविधान २०७२ को धारा २७४ को उपधारा ३ बमोजिम संविधान संशोधन विधेयकबारे आमनागरिकलाई जानकारी दिन सरकारले राजपत्रमा प्रकासित गरेको हो ।उपधारा ३ मा संसदमा पेश भएको संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।नेपालको नयाँ नक्सासहितको निशान छाप भएको अनुसूचीमात्र संशोधन गर्न लागिएको र यसलाई बिनाकुनै विलम्ब संसदबाट पारित गर्न लागिएकाले तत्कालै राजपत्रमा सूचना निकालिएको हो ।सत्तारुढ दलबाहेक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो संशोधनमा पक्षमा एकमतले उभिने निर्णय गरिसकेको छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।सरकारले सर्वसम्मतले संविधान संशोधन प्रस्ताव पारित हुने अपेक्षा गरे पनि पूर्वमधेशवादी दलका केही नेताहरूले खुलेरै यसको विरोध गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ