गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बहराइनमा कोरोना संक्रमित कुनै नेपालीको मृत्यु भएको छैन : नेपाली दूतावास बहराइनमा कोरोना संक्रमित कुनै नेपालीको मृत्यु भएको छैन : नेपाली दूतावास दीप संञ्चार जेठ १८, २०७७ गते २३:२३ मा प्रकाशित बहराइन – नेपाली दूतावास बहराइनले कोरोना संक्रमणका कारण कुनै नेपालीको मृत्यु नभएको स्पष्ट पारेको छ ।दूतावासले नेपालका विभिन्न संचारमाध्यमले गैरआवासीय नेपाली संघको हवाला दिँदै बहराइनमा अन्य कारणबाट मृत्यु भएको नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएकोमा उनी लगायत तीनजाको कोरोनाका कारण मृत्यु भएको समाचार केही संचारमाध्यममा आएको भन्दै बहराइनमा कोरोना भाइरसका कारण कुनै पनि नेपालीको निधन नभएको स्पष्ट पारेको हो ।‘कोरोना संक्रमणका कारण कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यसअघि समेत विज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरुको खण्डन गर्छ ।’ दूतावासद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।दूतावासले कोरोना संक्रमणबाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरु संप्रेषण हुँदा सबैमा पर्न सक्ने मानसिक पीडा बोध गर्नुका साथै गरिमामय संघ/संस्थाबाट यसप्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने भएकाले त्यसो नगरीदिनु समेत अनुरोध गरेको छ ।‘बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरुको हकहित प्रवद्र्धन हेतु संचालित संघसंस्थााट गलत सूचना भविष्यमा नहोस् भन्नेतर्फ समेत दूतावास सबैमा हार्दिक अपिल गर्दछ ।’ दूतावासले भनेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमणकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी