Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानव अधिकारको टोली रुकुम प्रस्थान

घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानव अधिकारको टोली रुकुम प्रस्थान


रुकुम – अन्तरजातीय  बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ ।

आइतबार आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली  घटनास्थल प्रस्थान गरेको हो ।टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ ।

यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए । तर दुई पक्षबीच झडप भएपछि भागाभाग भयो ।केहीले ज्यान जोगाउन भेरी नदीमा हामफाले ।

घटनामा नवराज विकसहित पाँच जनाको मृत्यु भयो भने एक जना अझै वेपत्ता छन् । पीडित पक्षको किटानी जाहेरीको आधारमा प्रहरीले केटी पक्षका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस