गृहपृष्ठ ∕ समाचार ∕ सिद्ध कुमाख गा.पा.ले गर्यो कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना बीमा सिद्ध कुमाख गा.पा.ले गर्यो कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना बीमा कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबै गरी गाउँपालिका भित्र रहेका १ सय ४ जनाको बीमा गरिएको गाउँपालिकाले जनाएको छ । अंकित रावल जेठ १८, २०७७ गते २१:२५ मा प्रकाशित सल्यान – सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफु मातहतका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना विमा गरेको छ ।कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबै गरी गाउँपालिका भित्र रहेका १ सय ४ जनाको बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु. १ लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सुरेन्स लि., सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए ।प्रति व्यक्ति एक लाखका दरले एक करोड चार लाखको विमा गरिएको दाहालको भनाई छ । तीन महिनादेखि जेष्ठ नागरिकसम्मले कोरोना विमा गर्न सक्ने उनको भनाई छ ।तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने एक बर्ष वर्षको हुनेछ ।दाहालले नेपाल कोरोनाको उच्च जोखिम क्षेत्रमा परेको हुँदा सबै नेपालीले समयमै बीमा गरी आफु सुरक्षित रहन समेत आग्रह गरेका छन ।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking, #Insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट