गृहपृष्ठ ∕ समाचार ∕ आइतबार संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश गर्ने, यस्तो छ कार्यसूची आइतबार संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश गर्ने, यस्तो छ कार्यसूची दीप संञ्चार जेठ १७, २०७७ गते २३:३६ मा प्रकाशित काठमाडौं – सरकारले आइतबार संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश गर्ने भएको छ । संघीय संसद सचिवालले आइतबार बस्ने प्रतिनिनिधि सभा बैठकको कार्यसूची निकालेको छ ।आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् । यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संसोधन विधेयक पेश गर्न खोजेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए ।शनिवार बसेको कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पनि सोही अनुसार निर्देशन दिएको छ । सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूचि ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न लागिएको हो ।संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !