गृहपृष्ठ ∕ समाचार ∕ दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी भण्डारीको मृत्यु दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी भण्डारीको मृत्यु दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । दीप संञ्चार जेठ १७, २०७७ गते २३:२५ मा प्रकाशित कास्की – कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ ।भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् । घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आइसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ ।गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो । – राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यपशुपतिमा बालाचर्तुदशीको तयारी पूराआजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुनेपरराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने जिम्मा जनसम्पर्क समितीलाई नै एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर आजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने हेर्नुहोस् तपाईको आजको राशिफल यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय