Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकोरोना अपडेट : कतारमा एकै दिन ५२३५ जनाले स्वास्थ्य लाभ गरे, मृतकको संख्या शुन्य

कोरोना अपडेट : कतारमा एकै दिन ५२३५ जनाले स्वास्थ्य लाभ गरे, मृतकको संख्या शुन्य


दोहा – कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन ।

मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै ५ हजार २ सय ३५  जनाले स्वास्थ्य लाभ गरेको जनाएको हो। यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या २५ हजार ८ सय ३९ पुगेको छ ।

भाईरसबाट मृत्यु  हुनेको संख्या  शुन्य भएको जनाएको छ।  यो संगै कतारमा मृत्यु हुनेको संख्या ३६ कायम रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९१ जनामा गरिएको परीक्षणमा नयॉ २ हजार ३ सय ५५ जनामा भाइरस सङ्क्रमण देखिएको छ भने  २९ हजार ३  सय ८७  जनाको उपचार चलिरहेको छ ।

Corona update in qatar

१ हजार ५ सय ७५ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २ सय५२ जनालाई अस्पताल भर्ना गरिएको छ l थप १८ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २ सय १७ रहेको छ l कुल २ लाख १७ हजार ९ सय ८८ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ l

स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ l


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस