Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारलकडाउनमै गर्‍यो दारी ग्याङ दाङले रक्तदान कार्यक्रम

लकडाउनमै गर्‍यो दारी ग्याङ दाङले रक्तदान कार्यक्रम


 दाङ – दारी ग्याङ दाङले लकडाउनकै समयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनको समयमा हुनसक्ने रगतको अभावलाई मध्यनजर गर्दै दारी ग्याङ दाङले रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

शनिबार बिहान ८ बजे कालिकादेवी रक्तसञ्चार सेवामा सुरु भएको उक्त कार्यक्रममा करिब २५ पिन्ट रगत   सङ्कलन गरिएको ग्याङका सकृय सदस्य  साईग्रेस देवकोटाले बताएका छन् ।

Daari gang

दारी ग्याङ युवाहरूको समूह हो । देशै भरी विभिन्न ठाउँमा शाखा रहेको यस समूहले सुरुवाती दिनमा दारी पाल्नुको महत्त्व र समाजले दारी पाल्ने प्रति हेर्ने सोचलाई परिवर्तन गर्न अग्रसर रहेको थियो ।

कार्यक्रम सहजीकरण गरेका  देवकोटाले पछिल्लो समय  दारी ग्याङका युवाहरू विभिन्न सामाजिक कार्यमा आबद्ध हुँदै आएको कुरा प्रष्ट पारेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस