गृहपृष्ठ ∕ समाचार ∕ सप्तरीमा ९ जनामा कोरोना संक्रमण थपिए, आइसोलेसनको अभाव सप्तरीमा ९ जनामा कोरोना संक्रमण थपिए, आइसोलेसनको अभाव दीप संञ्चार जेठ १७, २०७७ गते १२:१५ मा प्रकाशित सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।९ जना सहित १२ जना डाक्नेश्वरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।डाक्नेश्वरी नगरपालिकाका १८ वर्षिय, २० वर्षिय, २५ वर्षिय, ३५ वर्षिय, ४१ वर्षिय, ४५ वर्षिय, ४४ वर्षिय, ४८ वर्षिय र ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।यो सङ्गै सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।संक्रमितको संख्या दिनहुँरुपमा बढ्न थालेपछि आइसोलेसन कक्षको अभाव भएका कारणले गर्दा ती संक्रमितहरुलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जना संक्रमितलाई राखिएको छ भने बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राख्दा कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।थप संक्रमितहरु बढ्न थालेपछि नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने तयारी भइरहेको प्रमुख यादवले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्नेकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु