गृहपृष्ठ ∕ समाचार ∕ कतारमा स्वास्थ्य लाभ गर्नेको संख्या १५ हजार नाध्यो, थप ३ जनाको मृत्यु कतारमा स्वास्थ्य लाभ गर्नेको संख्या १५ हजार नाध्यो, थप ३ जनाको मृत्यु तिलु शर्मा पौडेल जेठ १५, २०७७ गते १८:३६ मा प्रकाशित दोहा – कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन । मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै २११६ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या १५ हजार ३ सय ९९ पुगेको छ । भाईरसबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु २५,५० र ८१ वर्षीय रहेका छन् । यो संगै कतारमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५८५३ जनामा गरिएको परीक्षणमा नयॉ १९६७ जनामा भाइरस सङ्क्रमण देखिएको छ । कतारमा संक्रमितहुनेहरु मध्य आजको संख्या सबैभन्दा उच्च हो । यससंगै सङ्क्रमितको सङ्ख्या ५० हजार ९ सय १४ पुगेको छ भने ३५ हजार ४ सय ८२ जनाको उपचार चलिरहेको छ ।१६०८ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २६१ जनालाई अस्पताल भर्ना गरिएको छ l थप २३ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २१४ रहेको छ l कुल २ लाख ७ हजार ३३ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ ।केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ l स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ lक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ