Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहन गर्ने

सरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहन गर्ने


काठमाडौं – राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गरिने भएको छ । यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले कर्मचारीलाई घुम्न एक महिना विदा दिने भनेको थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशदर्शनमा प्रोत्साहन भनेपनि बिदाको विषयमा स्पष्ट पारेनन् । पर्यटन प्रवर्द्धनका लागि  हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने उल्लेख छ ।

नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यटनमा कर छुट लगायत सुविधा दिने पनि बजेट भाषणमा भनिएको छ । एक प्रदेश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने पनि जनाइएको छ । त्यसका लागि एक अर्ब २६ करोड रकम विनियोजन भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस