गृहपृष्ठ ∕ समाचार ∕ कर्मचारीलाई सहुलियतपूर्ण ऋणको सुविधा, तलब भने बढेन कर्मचारीलाई सहुलियतपूर्ण ऋणको सुविधा, तलब भने बढेन दीप संञ्चार जेठ १५, २०७७ गते १८:४४ मा प्रकाशित काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि रकम छुट्याएको बताएका छन् ।आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था गरिएको बताए ।अस्थायी तथा करारमा काम गर्ने कर्मचारीको एक वर्षका लागि निःशुल्क कोरोना बीमाको व्यवस्था गरिएको उनले बताए । सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए । सम्पत्ति सुद्धिकरण रणनीतिको प्रभावकारी कार्यान्वयन गरिने, कारोना नियन्त्रणका लागि गरिएको खर्च पारदर्शी बनाइने उनको भनाई छ ।मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाइने बताए । कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक र बाह्य भ्रमणका साथै कम प्राथमिकताका गोष्ठि, सेमिनार, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको उनले बताए ।कोरोना रोकथाममा खटिएका बाहेक अन्य कर्मचारीको बैठक भत्ता, खाजा भत्ता, बैठक भत्ता खारेज गरेको उनले बताए । सरकारले कर्मचारीकाे तलब बढाएकाे छैन भने सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप