गृहपृष्ठ ∕ समाचार ∕ काभ्रेमा बाढी : स्थानीय भन्छन्, विगत ८० वर्ष यताकै ठूलो बाढी काभ्रेमा बाढी : स्थानीय भन्छन्, विगत ८० वर्ष यताकै ठूलो बाढी दीप संञ्चार जेठ १५, २०७७ गते १३:१७ मा प्रकाशित काठमाडौं – काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ ।खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए ।बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । बाढीले पनौती नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।काभ्रे क्षेत्र नम्बर दुईका सांसद गोकुल बाँस्कोटाका अनुसार पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए ।बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ । प्रहरीले बाढीले पुर्याएको क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ ।एसपी रवी पौडेललाई स्थानीयबासीले ८० वर्षयताकै ठूलो बाढी आएको जानकारी दिएका छन् । क्षतिको विवरण संकलन भैरहेको स्थानीय प्रशासनले जनाएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप