गृहपृष्ठ ∕ समाचार ∕ दार्मा गाउँपालिकाले गर्यो सम्पुर्ण कर्मचारीको कोराना विमा दार्मा गाउँपालिकाले गर्यो सम्पुर्ण कर्मचारीको कोराना विमा अंकित रावल जेठ १४, २०७७ गते ८:३३ मा प्रकाशित सल्यान – सल्यानको दार्मा गाउँपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु गरी गाउँपालिका भित्रका १ सय ३२ जनाको कोरोना विमा गरेको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको गाउँपालिकाले जनाएको छ ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु.एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सुरेन्स लि., सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए । तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने एक बर्ष वर्षको हुनेछ ।दार्मा गाउँपालिका जिल्लामा कोरोना विमा गराउने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिका भित्रका १ सय ३२ जनाको विमा गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । यस्तै छत्रेश्वरी गाउँपालिकाले २९ जनाको गरेको छ भने शारदा नगरपालिकाले पनि विमा गराउने घोषणा गरी सकेको छ ।नेको इन्सुरेन्स लि.,को सल्यान शाखा बाट हालसम्म ४ सय ८४ जनाको कोरोना विमा गरिएको शाखा प्रमुख दाहालको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ