गृहपृष्ठ ∕ समाचार ∕ दुबईमा बुधबारदेखि जिम, सिनेमाघर र व्यवसायहरू पुनः संचालनमा आउदै दुबईमा बुधबारदेखि जिम, सिनेमाघर र व्यवसायहरू पुनः संचालनमा आउदै सुर्य बहादुर खवास जेठ १४, २०७७ गते १०:०५ मा प्रकाशित दुबई – यूएईको दुबईमा लकडाउनलाई खुकुलो बनाउदै २७ मे बुधबार देखि लागु हुने गरि आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै जिम, सिनेमाघर लगाएतका व्यवसायहरू संचालनमा आउने भएको छ ।यो सँगै दुबईमा जारी कर्फ्युलाई घटाएर राति ११ बजे देखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजे देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो । बुधवारबाट बिहान ६ बजेदेखि राति ११ बजेसम्म सबै खुल्ला गरिएको छ । यसमा सिनेमा घरहरु, जिम र फिटनेस केन्द्रहरू, शिक्षा र प्रशिक्षण केन्द्रहरू, बरफ रिन्क्स र डल्फिनारियम जस्ता मनोरञ्जन सुविधाहरू त्यस्तै थोक तथा होलसेल पसलहरु पुन: खोल्नेमा समावेश छ। जुन गत मार्चको अन्त्यदेखि बन्द गरिएको थियो ।तथापि, १२ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई अझै सुविधाहरू प्रवेश गर्न अनुमति दिनेछैन। यसैगरी दुबई बिमानस्थलबाट त्यहाँको आवसीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुल्ला हुनेछन् । त्यस्तै दुबईका स्वास्थ्यसेवामा यसअघि बन्द गरिएका नाक, कान, घाँटीका उपचार गरिने क्लिनिकहरु पनि खुल्नेछन् । यसरी खुल्ला गरिएको क्षेत्रमा आवातजावत गर्दा, कामकारबाही गर्दा अनिवार्यरुपमा सुरक्षाका उपाय अपनाउनु पर्नेछ ।यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू हुने यहाँको स्थानीय सञ्चारमाध्यम खालिज टाइम्सले लेखेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप