गृहपृष्ठ ∕ समाचार ∕ दुबईमा बुधबारदेखि जिम, सिनेमाघर र व्यवसायहरू पुनः संचालनमा आउदै दुबईमा बुधबारदेखि जिम, सिनेमाघर र व्यवसायहरू पुनः संचालनमा आउदै सुर्य बहादुर खवास जेठ १४, २०७७ गते १०:०५ मा प्रकाशित दुबई – यूएईको दुबईमा लकडाउनलाई खुकुलो बनाउदै २७ मे बुधबार देखि लागु हुने गरि आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै जिम, सिनेमाघर लगाएतका व्यवसायहरू संचालनमा आउने भएको छ ।यो सँगै दुबईमा जारी कर्फ्युलाई घटाएर राति ११ बजे देखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजे देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो । बुधवारबाट बिहान ६ बजेदेखि राति ११ बजेसम्म सबै खुल्ला गरिएको छ । यसमा सिनेमा घरहरु, जिम र फिटनेस केन्द्रहरू, शिक्षा र प्रशिक्षण केन्द्रहरू, बरफ रिन्क्स र डल्फिनारियम जस्ता मनोरञ्जन सुविधाहरू त्यस्तै थोक तथा होलसेल पसलहरु पुन: खोल्नेमा समावेश छ। जुन गत मार्चको अन्त्यदेखि बन्द गरिएको थियो ।तथापि, १२ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई अझै सुविधाहरू प्रवेश गर्न अनुमति दिनेछैन। यसैगरी दुबई बिमानस्थलबाट त्यहाँको आवसीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुल्ला हुनेछन् । त्यस्तै दुबईका स्वास्थ्यसेवामा यसअघि बन्द गरिएका नाक, कान, घाँटीका उपचार गरिने क्लिनिकहरु पनि खुल्नेछन् । यसरी खुल्ला गरिएको क्षेत्रमा आवातजावत गर्दा, कामकारबाही गर्दा अनिवार्यरुपमा सुरक्षाका उपाय अपनाउनु पर्नेछ ।यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू हुने यहाँको स्थानीय सञ्चारमाध्यम खालिज टाइम्सले लेखेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने